
शरद रेग्मी
तुलसीपुर,२ जेठ : कोरोना रोगका संक्रमितहरु बढदै गएपछि दाङमा स्थानिय प्रशासनले लकडाउन कार्यान्वयनमा थप कडाई गरेको छ । शुक्रवार दाङको तुलसीपुरका विभिन्न स्थानबाट करिब ५ सय जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई घर पठाईएको प्रहरीले जनाएको छ ।
तुलसीपुरको बसपार्क, बिरेन्द्र चोक, बाहिनी चोक र सितलपुर रोडमा लकडाउन उल्लघन गरेर सडकमा हिडिरहेका सर्बसाधारणहरुलाई लकडाउन कार्यान्वयन र कोरोना बाट बच्ने उपायका बारेमा प्रशिक्षण दिएर छोडिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता एंव प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।

त्यसैगरी अर्का प्रहरी निरिक्षक झलक प्रसाद शर्माले पनि टोल र समुदायमा पुगेर सडकमा हिडिरहेका नागरिकहरुलाई सम्झाई बुझाई गरेको बताए । गृहमन्त्रालयको पछिल्लो निर्णय सार्बजनिक भए सगैं स्थानिय प्रहरीले लकडाउन कार्यान्वयनमा कडाई गरिएको हो ।
