सोना सिमेन्टद्धारा ५५ क्विन्टल चामल र एन ९५ मास्क सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २ गते शुक्रवार


शरद रेग्मी
तुलसीपुर ,२ जेठ :
कोरोना संक्रमणका कारण हातमुख जोर्न कठिन भएका विपन्न वर्गलाई राहत प्रदान गर्नका लागि तुलसीपुर उपमहानगरपालिको स्थापना गरेको फुड बैकमा सोनापुर सिमेन्ट्स उद्योगलेले सहयोग गरेको छ ।

सोनापुर मिनरल्स प्रालिका महाप्रवन्ध हरि पाठकले नगरप्रमुख घनश्याम पाण्डेलाई उक्त खाद्यान्न हस्तान्तरण गरेका हुन् । खाद्यान्न हस्तान्तरण गर्दै निर्देशक पाठकले गरिब तथा विपन्न वर्गलाई सहयोग गर्ने दायित्व पुरा गरेको बताएका थिए ।

‘निम्न वर्गका जनतालाई जीवनयापनमा सहजता होस् भन्नका लागि यो सहयोग गरिएको हो ’ पाठकले भने । खाद्यान्न वुझ्दै नगरप्रमुख पाण्डेले उपमहानगरपालिकाको अभियानमा सहयो गरेकोमा प्रालिलाई धन्यवाद दिएका थिए ।

लकडाउनका कारण कोही पनि खाद्यान्न नपाएर भोकै नहोस् भन्नका लागि उपमहानगरपालिका सजग रहेको समेत बताएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाले फुड वैक स्थापना गरेर सहयोग संकलन गर्दै विपन्नलाई वितरण गरिरहेको छ ।


त्यसैगरी कोरोना महामारी नियन्त्रणमा दिन रात फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि उद्योगले मास्क प्रदान गरेको छ । कम्पनिका महाप्रबन्धक पाठकले तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतलाई हस्तान्त्रण गरेका छन् ।

बाणिज्य संघमार्फत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सचारकर्मीहरुका लागि मास्क प्रदान गर्ने उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार