दाङका नेपाली काँग्रेस नेता बस्नेतको निधन

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २ गते शुक्रवार

तुलसीपुर, नेपाली काँग्रेस दाङका पुराना नेता तेजबहादुर बस्नेतको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पिडित वस्नेतको ६६ वर्षको उमेरका काठमाडौंमा निधन भएको हो ।

गौला रोगले पिडित वस्नेत नियमित डायलासिस गर्ने भएपछि काठमाडौमा बस्दै आएका थिए । उनको आज विहान ७ वजे निधन भएको परिवारले जनाएको छ ।

२०११ सालमा जन्मिएका वस्नेत विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका थिए । राजनीति गर्ने क्रममा उनी लामो समय जेल र हिरासतमा समेत परेका थिए ।

काँग्रेस बृत्तमा त्यागी नेताका रुपमा चिनिने वस्नेत काँग्रेसको विभिन्न पदमा रहेर जिम्मेवारी समेत निर्वाह गरेका ब्यक्ति हुन् । उनी काँग्रेसको महासमिती सदस्य र क्षेत्रिय सभापति समेत भएका थिए ।

उनी हेटौडा सिमेन्ट कारखानाको बोर्ड सदस्य लगायत विभिन्न निकायमा रहेर काम गरेका थिए । उनको आजै सितलपुरमा दाँहसंस्कार गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार