नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५८

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २ गते शुक्रवार

दाङ, २ जेठ : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजिनक गरेको तथ्यांकामा थप नौ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला काठमाडौ, र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा ९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जनाकारी दिए । जसमा मकवानपुर निवासी ३७ बर्षीय पुरुष, र बाँके नैनापुर १,३,र ५ निवासी १८,२०,२२,२५,२७,३२ र ३६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ,भने ३६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार