काठमाडाैं : नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौंमा गरिएको परीक्षणअनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अरु दुई जना भने धनुषा र धादिङका हुन्। धनुषाको १७ वर्षकी र धादिङकी ३० बर्से महिलामा कोरोना पोजेटिभ देखिएको हो।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस