दाङमा ९४ जनाको रिर्पाेट नेगेटिभ आयो

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १ गते बिहिवार

Blood sample with coronavirus positive

दाङ : कोरोना भाईरस आशंका गरिएका व्यक्तिहरुको दाङमा परिक्षण गर्दा संक्रमण नभएको पाईएको छ । कोरोना आशंका गरिएका ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परिक्षण गरिएका ९४ जनाको रिर्पोट नेगेटिभ आएको प्रतिष्ठानका रजिष्ट्रार कैलाश देवले जानकारी दिए ।

गत सोमवार देखी बुधवार सम्म कोरोना परिक्षणका लागी १ सय ५ जनाको स्वाव संकलन गरिएको थियो । ती मध्ये ९४ जनाको रिर्पोट विहिवार आएको छ । बाँकीको रिर्पोट आउँन बाँकी रहेको छ ।

प्रतिष्ठानमा जिल्लाका २५ जना पत्रकारहरुको समेत स्वाव संकलन गरी परिक्षण गरिएकोमा उनीहरुको रिर्पोट पनि नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा कोराना विशेष अस्पताल बेलझुण्डी, तुलसी अस्पताल, लमही , जिल्ला स्वास्थ्य कार्यालय प्युठान र विभिन्न क्वारेन्टाईनमा बसेका नागरिकहरुको स्वाव संकलन गरी परिक्षण गरिएको हो ।उनीहरु सवैको पिसीआर विधिबाट परिक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार