काठमाडौं : नवलपरासीमा एकजना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित नवलपरासी जिल्लाको देवचुली नगरपालिका-१२ का ४९ वर्षीय पुरुष हुन्। उनको भरतपुरस्थित कोभिड ल्याबमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको अधिकारीले बताएका छन्।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस