स्वास्थ्य मन्त्रालयले भन्यो, नेपालमा कोरोना संक्रमित संख्या २४५

प्राविधिक कारणले पहिले नै पुष्टि भएको ५ जनाको दोहोरियो
Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १ गते बिहिवार

काठमाडौं : कोरोना भाइरसका संक्रमित बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले गम्भीर त्रुटी गरेको छ। बिहीबार बिहान ७ : ४५ बजे सार्वजनिक ५ जना संक्रमितको विवरण पुरानै संख्यालाई दोहोर्‍याएको पाइएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५० पुगेको जनाइएको थियो।  तर बिहान १० बजेर ४५ मिनेटमा अर्को विज्ञप्ति निकाल्दै मन्त्रालयले संक्रमितको संख्या २४५ नै रहेको उल्लेख गरेको छ।

बिहान ७ बजेर ४५ मिनेटमा थपिएका भनिएका पाँचजना संक्रमित पुरानै संख्या दोहोरिएको अधिकारीले जनाएका छन्।  अधिकारीले बिहान दोस्रो पटक निकालेको विज्ञप्तिमा धनुषा र महोत्तरीमा नयाँ संक्रमित भेटिएका उल्लेख थियो।

उनले सर्लाहीको धनकौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपु र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना देखिएको जनाएका थिए।  त्यसैगरि महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको उल्लेख थियो।  त्यसअघि बिहीबारै बिहान ६ बजेर १५ मिनेटमा काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार