बेलझुण्डी खानेपानीद्धारा एक महिनाको महशुल छुट

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १ गते बिहिवार

तुलसीपुर : बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले उपभोक्ताले तिर्दै आएको खानेपानी महसुल छुट गरेको छ ।कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन भइरहेको मध्यनजर गर्दै लकडाउन अवधिको एक महिनाको खानेपानी महसुल छुट दिएको संस्थाका अध्यक्ष प्रदीप गौतमले बताए ।

यो रकम झण्डै २ लाख हुन आउँछ । संस्थाको बैशाख ३० गते बसेको बैठकले लकडाउनका कारण उपभोक्तालाई आर्थिक भार परेको भन्दै एक महिनाको महसुल छुट दिने निर्णय गरेको छ । न्यूनतम र सो भन्दा बढी महसुल आउने सबै महसुल बैशाख महिनाको छुट दिने गरिएको गौतमले जानकारी दिए ।

लकडाउन लम्बिदा आम्दानीका सबै स्रोत बन्द भएको र उपभोक्तामा आर्थिक भार परेको कुरालाई मध्यनजर गरी महसुल छुटको निर्णय गरिएको उनले बताए ।

बेलझुण्डी खानेपानीमा संस्थामा एक हजार २ सय पचास धारा मध्ये संस्थागत २२ वटा, सार्वजनिक ७२ र एक हजार २ सय २८ ब्यक्तिगत धारा रहेका छन ।

संस्थागतको मासिक न्यूनमत महसुल ३ सय र ब्यक्तिगत खानेपानी महसुल १ सय रहेको छ ।बैठकले लकडाउन अवधिभरको विलम्व जरिवाना शूल्क छुट दिने पनि निर्णय गरेको गौतमले जानकारी दिए । खानेपानी संस्थाको यो निर्णयले १४ हजार उपभोक्ताहरू प्रत्यक्ष रूपमा लाभाम्वित भएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार