पिकअपको ठक्करबाट मोटरसाइकल चालक थापा मगरको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १ गते बिहिवार


दाङ, १ जेठ : दाङमा पिकअपले ठक्कर दिदाँ मोटरसाइकल चालक तुलसीपुर ७ का अन्दाजी ३० बर्षीय विशाल थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लमहीबाट तुलसीपुरतर्फ गईरहेको ना ३ च ५९४५ नम्बरको पिकअपले तुलसीपुर देखि घोराही तर्फ आउँदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाइकललाई घोराही १० नारायणपुरको जलौरा चोकमा ठक्कर दिदाँ थापामगरको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डिएसपी सुमित खड्काले बताए ।

पिकअपले विहीवार विहान साढे ४ बजे ठक्कर दिएको र साथै मोटरसाइकलमा सवार सोही ठाँउका १३ बर्षीय हक्की पुन गम्भीर घाईते भएका छन् । घाईते पुनको प्रतिष्ठानमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर फरार भएको गाडी र चालक राजपुर गाउँपालिका ३ का २६ बर्षीय प्रदिप महरालाई तुलसीपुरको गुम्राह चोकबाट नियन्त्रण लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार