मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १ गते बिहिवार


तुलसीपुर, १ जेठ : दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तुलसीपुर ७ का ३१ वर्षका विशाल थापाको मृत्यु भएको छ । मोटरसाईकलमा सवार सोही ठाँउका १३ वर्षीय हिक्की पुन गम्भीर घाईते भएका छन् ।

घोराही – तुलसीपुर सडकखण्डको नारायणपुर जलौरा चोकमा बिहिबार बिहान मोटरसाईकल दुर्घटना भएको हो । पर्सेनीबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको हो ।

घाईते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । मोटरसाईकल दुर्घटना हुनुको कारण अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार