
काठमाडौं : नेपालमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सक्रमितको संख्या २५० पुगेको छ । आज विहान मात्रै थप २ जनामा कोरोना पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसा नयाँ पुष्टि भएकाहरुको संख्या पाँच रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित भएकाहरुमा सर्लाही धान्कोलका ४५ वर्षीय पुरुष, धनुषा, जनकपुर नगरपािलका र मिथिना नगरपालीका निवासी ४० वर्षीय पुरुष र २० वर्षीय महिला रहेका छन् । त्यसैगरी महोत्तरीको जलेश्वर नगरपालिकलाका १६ वर्षीय पुरुष र वलवा नगरपालिकाका ३५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । आज विहान संक्रमण देखिएका दुईजना सँगै आज मात्रै कोरोना संक्रमित हुनेको संख्या ७ पुगेको छ ।
