
तुलसीपुर, दाङमा गुडिरहेको एक मोटरसाईकलमा आगलागी भएको छ । दंगीशरण गाउँपालिका ५ का वडाध्यक्ष दिपक गौतमले प्रयोग गदै आएको मोटरसाईकल वडा सचिव प्रेमप्रकाश चौधरीले चलाएको बेला एक्कासी आगलागी भएको हो ।
रा १ ब ७२५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकलमा तुलसीपुरको भ्याली पेट्रोल पम्म दोघरेबाट पेट्रोल हालेर वडा कार्यालय फर्कदै गर्दा बुधवार दिउँसो साढे २ बजे एक्कासी आगलागी भएको वडा अध्यक्ष गौतमले बताए ।
मोटरसाईकल पुर्ण रुपमा जलेर नष्ट भएको छ । पेट्रोल पम्प नजिकै आगलागी भएकाले समयमै दमकल र स्थानियको सक्रियतामा आगो नियन्त्रणमा लिईएको जनाईएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस