बुटवल : इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराई कारबाहीमा परेका छन्। अनुशासन र आदेश पालना नगरेको भन्दै ५ नम्बर प्रदेश प्रहरी कार्यालयले उनलाई कारबाही गरेको हो। कारबाहीपछि उनी बुधबार बिहानदेखि कार्यालयको जिम्मेवारीबाट हटेका छन्। प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकका अनुसार कारबाही पश्चात डीएसपी भट्टराइलाई प्रहरी कार्यालय दाङमा काजमा खटाइएको छ। उनीमाथि त्यहाँ थप अनुसन्धान हुनेछ। यद्यपी, कुन घटनाका आधारमा उनीमाथि कारबाही गरिएको हो भन्नेबारे खुलाइएको छैन।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस