घोराही : दाङमा कोरोना संक्रमणको शंका गरिएका १ सय ६२ जना व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उनीहरुको पिसीआर विधीबाट स्वाव परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठान, कोरोना विशेष अस्पताल बेलझुण्डी, दाङको राप्ती गाउँपालिका, रोल्पा अस्पताल, घोराही उपमहानगरपालिका, स्वास्थ्य कार्यालय दाङ लगाएतले संकलन गरेको स्वाब परिक्षण गर्दा मंगलवार रिर्पाट नेगेटिभ आएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलास देवले बताए ।
प्रतिष्ठानले अहिले सम्म पिसीआर बिधीबाट ३६४ जनाको स्वाब परिक्षण गरिएको छ । ति सबैको रिपोट नेगेटिभ आएको जनाएको छ ।