तुलसीपुर, ३० बैशाख : तुलसीपुरमा लकडाउन उल्लघन गरेको आरोपमा प्रहरीले २१ जना व्यापारीलाई तुलसीपुर नियन्त्रणमा लिएको । लकडाउनको समयमा अतिआवश्यक खाद्यान्नका पसल बाहेक अन्य पसल खोलेपछि प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।
प्रहरीले फेन्सी पसल, कपडा पसल, फर्निचर, कस्मेटिक लगाएतका पसल खोलेको भन्दै दिपक नेपाली , धना घर्ती, दुर्गाप्रसाद कडेल, इद्रेसी, फेन्सी गोविन्द न्यौपाने, खटीजन खातुन, शिवभक्त भट्टराई, गोविन्द बस्याल, अशोक कुमार नेपाली, सुशिला कडेल, पशुपति शर्मा, दुर्गा वली, तिलक चापागाँई, ओमप्रकाश चौधरी, पोषण वली, डिल्ली बहादुर वली, मधुप्रसाद शर्मा, चुडामणी डाँगी, दिपक केसी, निरज श्रेष्ठ र अमृता भण्डारलाई नियन्त्रणमा लिएको हो ।
लकडाउनको समयमा पसल खोलेको भन्दै उनीहरुलाई मंगलवार विहान पक्राउ गरिएको हो । पक्राउ गरिएका सबैलाई ईलाका प्रहरी कार्याल तुलसीपुर राखिएको छ । नियन्त्रणमा लिएकाहरुलाई उनीहरुलाई अबदेखि लकडाउनको उल्लंघन नगर्ने सर्तमा केही घण्टा राखेर छोडिने प्रबक्ता डमरपालले बताए ।