दाङ : भारतको गोवामा हजारौँ नेपालीहरु लामो समयदेखी लकडाउन हुदाँ अलपत्र परेको बताएका छन् । गोवाको विभिन्न ठाउँमा करिब ४०÷५० हजार नेपालीहरु रहेको र अधिकांश काम बन्द हुदाँ नेपालीहरु विचल्लीमा परेका छन् । दाङका मात्र करिब १० हजार जति नेपालीहरु रहेको गोवा नेपाली समाजका अगुवा सुनिल रावतले बताए ।
ति मध्य अहिले तत्काल करिब ५ सय जना जति नेपाल सरकारले उद्धार गरे घर आउने तयारी अवस्थामा रहेको उनले बताए । ‘भारतमा लकडाउन शुरु भएपनि त्यहाँ काम गर्ने सबै होटल, क्यासिनो तथा अन्य कम्पनीहरु बन्द भएपछि नेपालीहरु धेरै नेपालीहरु अहिले विचल्लीमा छन्,’उनले भने ,‘ केही ठुला कम्पनी बाहेक सबै बन्द छन्, अधिकांश काम बन्द हुदाँ उनीहरु न काम पाएका छन्, न त घर आउन पाएका छन् ।
’ केहीलाई मात्र काम गर्ने कम्पनी,होटलहरुले पैसा नदिए पनि खाना र बस्नको लागी ब्यवस्था गरेको भएता पनि अधिंकाश नेपालीहरु समस्यामा परेको उनले बताए । यहाँका नेपालीका बारेमा गोवाको सरकारलाई भन्दा नेपाल सरकारसंग समन्वय गरेर पठाउँने आश्वसन दिदै आएको समेत उनले बताए ।
आफुले नेपाली राजदुताबासमा पनि सम्पर्क गरिरहेको र केही समय पछि सबै भन्दा पहिले गोवामा रहेका नेपालीहरुलाई उद्धार गर्ने दुताबासाबाट आश्वसन पाएको उनको भनाई छ । अहिले तत्काल करिब १० हजार जति नेपालीहरु नेपाल आउनको लागी तयारी रहेको रावतले बताए । गोवामा शुरुमा बाहिरबाट आएका ४ जना ब्यक्तिलाई कोरोना देखिएको भएता पनि उनीहरु अहिले निको भैसकेको र अहिले पुरै नाका बन्द हुदाँ कोरोनाका विरामी नभएको समेत उहाँले बताए ।
त्यसैगरी दाङ बबई गाउँपालिका ५ का हस्त ब रसाईलीले भारतमा लकडाउन भएपछि विचल्लीमा परेको बताए । ‘ लकडाउन भएपछि होटल, क्यासिनो बन्द भयो, होटल मालिकले तलब दिन नसक्ने भन्दै सबैलाई घर जाउँ भनि पठायो,’उनले भने,‘ न त घर आउन पाएको छौँ, न त यहाँ बसेर खाना खाने पैसा छ, कोठा भाडाँमा बसौँ पैसा छैन्, बसे पनि के खाने ? अहिले गोवामा कोरोना संक्रमितका विरामीहरु नभएकाले आफुहरु कोरोनाबाट सुरक्षित भएता पनि खाना नपाएर मरिन्छ भन्ने परि लागेको छ ।’
त्यसैगरी सुर्खेतका सुमन गौतमले लकडाउन अवधिभर साहुले खान दिएको भएता पनि बस्नको लागी समस्या भएको उनले बताए । त्यसैगरी बबई गाउँपालिका पुरन्धाराका भुपेस वलीले लकडाउनको कारण काम बन्द भएपछि साहुहरुले घर जाउँ भनेपछि अब के गर्ने भन्ने मनमा चिन्ता लागेको भन्दै तत्काल आफुहरुलाई उद्धार गर्न आग्रह गरेका छन् ।