विश्वमा कोरोना संक्रमित हुनेको संख्या ४१ लाख नाघ्यो, दुई लाख ८० हजारको बढीको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २८ गते आइतवार

Medical workers wearing personal protective equipment wheel bodies to a refrigerated trailer serving as a makeshift morgue at Wyckoff Heights Medical Center, Monday, April 6, 2020, in the Brooklyn borough of New York. The new coronavirus causes mild or moderate symptoms for most people, but for some, especially older adults and people with existing health problems, it can cause more severe illness or death. (AP Photo/John Minchillo)

एजेन्सी, २८ वैशाख :  कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या ४१ लाख ६ हजार नाघेको छ ।

संक्रमणको कारण अहिलेसम्म २ लाख ८० हजार बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितमध्ये १४ लाख ३९ हजार भन्दाबढी उपचारपछि निको भएका छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । अमेरिकामा मात्रै १३ लाख ४७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ८० हजारभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म दुई लाख ३८ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् ।

यता स्पेनमा दुई लाख ६२ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा २६ हजार भन्दा धेरैको मृत्यु भएको छ । एक लाख ७३ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । इटलीमा दुई लाख १८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ३० हजार ३ सयभन्दा धेरैको मृत्यु भएको छ । ९९ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

बेलायतमा २ लाख १५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ३१ हजार ५ सय भन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा २६ हजार ३ सय १०, जर्मनीमा ७ हजार ५ सय ४९, रुसमा एक हजार ८ सय २७ को मृत्यु भएको छ भने छिमेकी देश भारतमा ६२ हजार ८ सय भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा २ हजार १ सय १ जनाको मृत्यु भएको छ । १९ हजार ३ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार