दाङमा शनिवार मात्रै एक सय जनाको स्वाब संकलन

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २७ गते शनिवार


तुलसीपुर, २७ बैशाख : दाङका ३ पालिकाबाट शनिवार एक सय जनाको स्वाब लिएको छ । जस मध्य तुलसीपुरबाट ४१ जना, बबई गाउँपालिकाका ४९ र शान्तिनगरका १० जनाको एक सय जनाको जिल्ला जनस्वास्थ्य कार्यालयले स्वाब संकलन गरेको तुलसीपुर उपमहानरका कोभिड १९ फोकल पर्सन विमल केसीले बताए ।

रक्षाचौर क्वारेन्टाइनमा रहेका २८ , बटोलपुर सामुदायिक होमस्टेको क्वारेन्टाइनमा रहेको २, लक्ष्मीपुर सामुदायिक होम क्वारेन्टाइनमा रहेको ४ , मुस्लिम समुदायका ३ र १ जना विदेशबाट आएको र तुलसी बाल अस्पतालमा भर्ना भएकी सुत्केरी महिला र बालक सहित ३ जनाको स्वाब लिएको फोकल पर्सन केसीले बताए ।

शनिवार स्वाब संकलन गरिएका सबैको नतिजा सोमबारसम्म आउने जनाइएको छ । यसैगरी शनिवार मात्रै रक्षाचौर क्वारेन्टाइनमा ९ जना थपिएका छन् । यो संगै अहिले क्वारेन्टाइनमा ३९ जना रहेको र उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको समेत केसीले बताए ।

यसैविच तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको विभिन्न हेल्प डेस्कहरुमा चेकजाँचलाई निरन्तरता दिइएको छ । शुक्रवार र शनिवार बालापुर, मजँगै, दमारगाउँमा र पवननगरमा गरी ६६८ जनाको स्वास्थ्य परिक्षण गर्दा सबैको सामान्य रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार