शरद रेग्मी
तुलसीपुर ,२७ बैशाख : प्रहरीले व्यवसायीमाथि कुटपिट गरेको बिरोधमा बन्द तुलसीपुरको बजार आइतबारदेखि संचालनमा आउने भएको छ । जिल्ला प्रशासन, स्थानीय प्रहरी, व्यवसायी र जनप्रतिनिधिबिच शनिवार भएको छलफलपछि आइतवारदेखि तुलसीपुरमा अत्यावश्यक पसल पुर्व्निधारित समयमा खुल्ने भएको हो ।
पसल खोलेको समयमा शुक्रबार प्रहरीले व्यवसायीमाथि दुख दिएको भन्दै व्यवसायीले शनिवार पसल बन्द गरेका थिए । प्रहरीले अब त्यस्ता घटना नदो¥याउने सहमतिपछि व्यवसायीले पसल खोल्न सहमति जनाएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले बताए ।
लकडाउनको समयमा अत्यावश्यक पसलका साथै सामान बोक्ने गाडीहरुलाई समेत चल्न दिने निर्णय गरिएको छ । बजारमा रहेको अस्तव्यस्त हटाउने र अत्यावश्यक पसल सूचारु पनि हुन दिने गरी निर्णय गरिएको उनले बताए ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले अति आबश्यक र विकास निर्माणका सन्दर्भमा समेत सुरक्षा समितिले निर्णय गरिसकेको बताए , उनले भोली झनै भयाबह परिस्थिति उत्पन्न हुन सक्ने भन्दै नागरिकलाई घरभित्रै बसेर लकडाउ लाई पुर्ण रुपमा पालना गर्न अनुरोध गरेका छन् ।
छलफलमा तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख नवराज लामिछाने,जिल्ला प्रहरी प्रमुख गणेश चन्द, बाणिज्य सघंका निवर्तमान अध्यक्ष बिमल रिजाल,संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत,पूर्ब अध्यक्षहरु गणेश प्रेम श्रेष्ठ,हेमन्त , ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगि लगाएतको सहभागीता रहेको थियो ।