तुलसीपुर : तुलसीपुरमा क्वारेन्टाइनमा बसेको महिलोले जुम्ल्याह बच्चा जन्माएकी छन् । तुलसीपुरको रक्षाचौरमा रहेको क्वारेन्टाइनमा बसेकी महिलाले जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।
तुलसीपुर १३ सातखुट्टी घर भएकी अनिता यादवले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुक्रवार राती सवा ९ बजे जुम्ल्याहा छोरी जन्म दिएको तुलसीपुर उपमहानगरका कोभिड १९ फोकल पर्सन एवं जनस्वास्थ निरीक्षक बिमल केसीले बताए ।
आमा र दुबै बच्चा स्वस्थ रहेपनि बच्चाको तौल कम भएको उनले बताए । एउटाको १.८ केजी र अर्काको १.५ केजी तौल रहेको छ । गर्भवती यादव विहिवारबाट क्वारेन्टाइनमा बसेकी थिईन् । भारतको नाका क्षत्रेमा माइती भएकी यादव केही समय अगाडी माइत गएको र विहिवार मात्रै २ दिन हिडेर घरमा आएकी थिईन् ।
भारतबाट आएको भनेर गाउँलेहरुले खबर गरेपछि उनलाई क्वारेन्टाइनमा ल्याएको फोकल पर्सन केसीले बताए । यादवको र्या्पिड टेस्ट रिपोर्ट नेगेटिभ आएको समेत उनले बताए ।
यादवको उपचार सबै खर्च उपमहानगरपालिकाले नै सबै जिम्मेवारी लिएर समेत उनले बताए । यादवको शरिरमा रगतको मात्र कमी भएकाले रगत चढाउने तयारी भैरहेको समेत उनले बताए । अहिले उनीहरुलाई तुल्सी हस्पिटलमा राखिएको छ । बच्चाले दुध नखाएपछि एनआईसीयुमा राखिएको समेत उनले बताए । यादवका २ छोरी २ छोरा छन् ।