विकास डाँगी
तुलसीपुर : लकडाउन अर्थात बन्दाबन्दी लम्बिदै जादाँ किसानहरुले उत्पादन गरेको तरकारी बिक्रि गर्न नपाएर खेत बारी मै खेरा गई रहेको अवस्था दाङ तुलसीपुरका केही युवाहरुले किसानहरुले उत्पादन गरेको तरकारीहरु खेतबारी मै गई खरिद गरी तुलसीपुर बजारमा होम डेलिभरी मार्फत बिक्रि गर्दै आएका छन् ।
यहि बैशाख ११ गतेदेखी बिकल्प तरकारी तथा होमडेलीभरीबाट सेवा दिदै आएको अभियानका संयोजक हरिष गिरी बताए । लकडाउनका कारण किसानहरुले उत्पादन गरेको तरकारीहरु नबिक्दा खेतबारी मै कुईने अबस्था भएको र उपभोक्ताहरुले पनि सहज रुपमा तरकारीहरु नपाएको अबस्थामा आफुहरुले यो अभियान शुरु गरेको उनले बताए ।
‘ अहिले बजारमा बन्दाबन्दीको कारण देखाएर एकदमै महंगी हुदाँ उपभोक्ताहरु समेत मारमा परेका छन्,’उनले भने,‘ यता किसानहरुले उत्पादन गरेको बिकेको छैन्, त्यसैले उनीहरुको तरकारीले उचित मुल्य पावस् भन्ने हाम्रो मुख्य उदेश्य हो ।
’ तुलसीपुरका १२ जना युवाहरुको मिलेर शुरु गरेको अभियानले विहान दिउँसो र साँझको समयमा होमडेलीभरी दिदै आएका छन् । उनीहरुलाई तरकारी आवश्यक भएपछि उपभोक्ताहरुले फोन गर्ने र उनीहरुको घर मै पु¥याउने गर्दै आएका छन् ।
बजार मुल्य भन्दा अलि सस्तो मुल्यमा बिक्रि गर्दै आएको गिरीले बताए । तरकारीहरु दाङको विजौरी, उरहरी , लामिदमार, घोराही पश्चिम दाङ र देउखुरीबाट ल्याउने गरेको र प्रतिकिलोमा ५देखी १० रुपैयाँ सम्म नाफा लिएर बिक्रि गर्दै आएको समेत संयोजक गिरीले बताए ।
‘दैनिक १५ सय भाडा दिएर गाडी लिएको र त्यसमा तेल हाल्नु पर्ने भएकाले ५÷१० रुपैयाँ नाफा लिएर बिक्रि गर्दै आएको छौं,’उनले भने,‘ सेतो आलुको बजार मुल्य २२० र रातो आलु २५० मा ५ किलोमा पाईन्छ, तर हामीले सेतो आलु १६० र रातो १८० मा ५ किलो दिदै आएको छौँ ।’ त्यसैगरी उनले स्थानिय सरकारले आफुहरुलाई सहयोग नगरेको गुनासो गरे । ‘ हामीले यो अभियान शुरु गर्न लागी स्थानिय सरकारले अनुमति दिएन्,’उनले भने,‘ तर जिल्ला प्रशाासन र उद्योग वाणिज्य संघसंग अनुमति लिएर शुरु गरेका हौँं ।
हाम्रो अभियानको तरकारी ब्यवसायीहरुले समेत विरोध गरेका छन् । ’ त्यसैगरी धेरै गाडि थप्न सकेका छैनौँ, तुलसीपुरका १९ वटै वडामा विहान, दिउँसो र साँझ सेवा दिदै आएका छौँ । यता उपभोक्ताहरु प्नि घरमै तरकारी बजार मुल्य भन्दा सस्तोमा पाउँदा खुशी भएका छन् ।
https://www.youtube.com/watch?v=fShCtGqkjRQ
तुलसीपुर ५ का नविन योगीले घरमा तरकारी किन्न पाउँदा खुशी लागेको बताए । उनले लकडाउनको कारण घर बाहिर निस्कन नपाउँदा घर मै बजार मुल्य भन्दा सस्तोमा तरकारी किन्न पाउँदा खुशी लागेको बताए । त्यसैगरी तुलसीपुर ६ का दिपेश भण्डारीले पनि घर मै स्थानिय स्तरमा उत्पादन भएको तरकारी किन्न पाउँदा खुशी लागेको बताए । उनले युवाहरुले बजार मुल्य भन्दा सस्तोमा घर घरमा तरकारी पु¥याउँदा सामाजिक कार्य गरेको समेत बताए ।
लकडाउन छ, बजारमा तरकारी किन्नलाई विहान एकदमै भिड्भाड हुन्छ,’उनले भने,‘ भिडभाडमा तरकारी किन्न जादाँ कोरोनाको जोखिम हुन्छ । भाईहरुलाई फोन गरे आफुलाई आवश्यक पर्ने तरकारी घर मै ल्याई दिनुहुन्छ । ’
त्यसले गर्दा समयको बचत र कोरोनाको जोखिम पनि नहुने उनको भनाई छ । त्यसैगरी तुलसीपुर ५ की कृष्णा कुमारी योगीले पनि सबै तरकारीहरु घरमै पाउँदा एकदमै राम्रो लागेको बताईन् । उनले बजारको भन्दा राम्रो र मुल्य पनि फरकमा पाईने समेत बताईन् ।