
दाङ : नेपाली काग्रेसले राष्ट्रिय सभासदस्य अनीता देवकोटालाई संसदीय दलको सचेतकमा मनोनयन गरेको छ । दाङ निबासी देवकोटालाई कांग्रेसका सभापति तथा संसदिय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गरेका हुन् ।
नेपाली कांग्रेस संसदिय दलको विधान (संशोधन तथा परिमार्जन सहित,२०७४) को धारा १३ को उपधारा (२) बमोजिम रिक्त रहेको संसदिय दलको सचेतकमा दाङ निवासी देवकोटालाई मनोनित गरेका हुन् ।
सांसद देवकोटालाई उपलव्ध गराइएको पत्रमा विधान बमोजिम काम,कर्तव्य र अधिकार इमान्दारीपूर्वक गर्ने विश्वास व्यक्त गरिएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस