विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३९ लाख नाघ्यो

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २६ गते शुक्रवार

एजेन्सी, २६ वैशाख : २ सय १२ वटा देश र २ वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना भाइरस फैलिँदा संक्रमित हुनेको संख्या ३९ लाख १३ हजार पुगेको हो । संक्रमणको कारण अहिलेसम्म २ लाख ७० हजार बढिको मृत्यु भइसकेको छ । त्यस्तै, संक्रमितमध्ये १३ लाख भन्दाबढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । अमेरिकामा मात्रै १२ लाख ९२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ७६ हजार ९ सयभन्दा धेरैको मृत्यु भएको छ ।

अहिलेसम्म २ लाख १७ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् । यता स्पेनमा २ लाख ५६ हजार ८ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा २६ हजार भन्दा धेरैको मृत्यु भएको छ । १ लाख ६३ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । इटलीमा २ लाख १५ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा २९ हजार ९ सयभन्दा धेरैको मृत्यु भएको छ । ९६ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

बेलायतमा २ लाख ६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ३० हजार ६ सय भन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा २५ हजार ९ सय ८७, जर्मनीमा ७ हजार ३ सय ९२, रुसमा एक हजार ६ सय २५ को मृत्यु भएको छ भने छिमेकी देश भारतमा ५६ हजार ३ सय भन्दा धेरैमा संक्रमित पुष्टि भएकोमा १ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ । १५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार