शान्तिनगर, दाङको शान्तिनगर २ अमुवामा ४५ घर परिवारलाई राहत वितरण गरिएको छ । अतिविपन्न दैनिक ज्याला मजदुरी गर्ने परिवारहरुलाई तुलसीपुर रहेको पानस मेडिकलमा कार्यरत डाक्टर मोहम्मद नसीम अकरमले विहिवार राहत सहयोग गरेका थिए ।
वडाको समन्वयमा प्रतिपरिवार १० किलो चामल, २ किलो दाल, १ लिटर तेल, २ किलो आलु, १ पोका स्वाबिन, २ पोका चिउरा, २ पोका चाउचाउ, १ पोका भुजा, १ पोका नुन र एउटा हात धुने साबुन वितरण गरिएको थियो ।
लकडाउन लम्बिदै जादाँ अतिविपन्न तथा दैनिक ज्याला मजुदर गर्ने परिवारलाई समस्या परेको बेला आफुले थोरै भएपनि राहत विरण गर्न पाउँदा खुशी लागेको डा.नसीम अकरमले बताए । वडा नम्बर २ का वडा सदस्य हरीभक्त केसी लगाएतको उपस्थितीमा राहत बितरण गरिएको थियो ।