कपिलवस्तुमा भेटिए कोरोनाका दुईजना बिरामी , नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २५ गते बिहिवार

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या सय नाघेको छ। कपिलवस्तुमा बिहीबार दुईजना कोरोना संक्रमित भेटिएका हुन्।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु-८ निवासी १६ र २२ वर्षीय दुईजना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो।

  मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवै संक्रमितको अवस्था सामान्य रहेको छ। कपिलवस्तुमा दुई संक्रमित भेटिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ पुगेको छ। यसअघि बाँकेको नेपालगञ्‍जमा २३ जना र रुपन्देहीमा एकजना कोरोना संक्रमित भेटिएका थिए। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार