कपिलवस्तुका संक्रमित दाजुभाइ मुम्बइबाट केहीदनअघि मात्रै आएका

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २६ गते शुक्रवार

कपिलवस्तु : मायादेवी गाउँपालिका वडा नं. २ अभिरावका २ जनामा कोरोना संक्रमण भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिकाको २ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ । उनीहरु एउटै घरका दुई भाइ हुन् ।

भारतको मुम्बईबाट आएका उनीहरु ३ दिनअघि सीमा क्षेत्रको चाकरचौडाबाट लुकीछिपी कपिलवस्तु प्रवेश गरेका थिए। संक्रमित रहेका दुई भाइलाई गाउँपालिकाको पकडीस्थित छत्रपाली तीर्था देवि मा.वि.को क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुसहित सो क्वारेन्टाइनका ६५ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि नमूना संकलन गरी काठमाडौं पठाइएको थियो। 

उनीहरुको थप उपचारको लागि बुटवल लैजाने तयारी भइरहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जनाकारी दिए। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार