
तुलसीपुर, बाँके र प्रदेश ५ को रुपन्देहीमा कोरोना संक्रमित भेटिएसँगै सीमा जोडिएको दाङ जिल्लामा उच्च सर्तकता अपनाउन थालिएको छ । उच्च जोखिम भएको भन्दै शनिबारदेखि दाङको तुलसीपुर र घोराही आउने नाकामा कडाई गरिएको हो । जिल्लाबाट नेपालगञ्ज र बुटवल आवतजावत गर्ने एम्बुलेन्समा समेत चेकजाँच गर्न थालिएको छ ।
हाल जिल्लामा ७२ वटा एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् । एम्बुलेन्स चालकका लागि पिपिई, एन १९ मास्क, ग्लोब्स र स्यानिटाइजर अनिवार्य गरिएको छ । साथै, एम्बुलेन्समा बिरामीको साथमा एक जनामात्रै सहयोगी बस्न पाउने व्यबस्था गरिएको छ ।
तर, एम्बुलेन्स चालकका लागि अनिवार्य भनिएका सुरक्षा सामग्री सबैले प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । यस्तो अवस्थामा सेवा दिनु पर्दा जोखिम बढेको उनीहरुको चिन्ता छ ।
जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्स चालकले सुरक्षा सामग्रीको अभावमा पनि बिरामीलाई सेवा दिनु परेको गुनासो गरेका छन् । मास्क, पञ्जा र स्यानिटाइजरको भरमा बिरामीलाई सेवा दिनु पर्दा आफ्नै ज्यान जोखिममा परेको उनीहरु बताउँछन् । विकास डांगीको भिडियो रिर्पाेट
……..