बाँकेमा आँपको हाँगा भाँचिएर लाग्दा बालिकाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २५ गते बिहिवार

बाँके : आँपको हाँगाले लागेर बाँकेमा एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा जानकी गाउँपालिका वडा नं. ६ बुढिया गाउँ निबासी १० बर्षीया निजामुन खाँ रहेको प्रहरीले बताएको छ ।

बिहीवार बिहान आएको हावाहुरीका कारण घरको आँगनमा दिसा गरिरहेको अवस्थामा आँपको हाँगा भाँचिएर लाग्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाँगा लागेर घाइते भएकी निजामुनलाई उपचारका लागि भेरी अस्पताल ल्याइए पनि उनको बिहान दश बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार