शरद रेग्मी
तुलसीपुर, २५ बैशाख : तुलसीपुर उधोग बाणिज्यको पहलमा ११ जनाले रक्तदान गरेका छन ।
लामो समयको लकडाउनका कारण तुलसीपुरमा दोस्रो पटक रगतको अभाब भए सगैं बाणिज्य सघंले बिहिबार आफ्नै पहलमा ११ जनाको रक्तदान गरिएको छ ।
तुलसीपुरका अस्पतालहरुमा रहेका बिरामीहरुका लागि अझै पनि रगतको पर्याप्त नभएको भन्दै रेडक्रसले सरोकारवालाहरु सगं रक्तदानका लागि अनुरोध गरेको छ ।
विहिवार तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष बिर बहादुर रावत, सचिब बिनिल केसी ,ब्यबसायीहरु सन्दिपन रिजाल, हेमेन्द्र खडका,रुपेश शर्माले रक्तदान गरेका थिए ।
त्यसैगरी सुरेश बस्नेत, लिलबहादुर वली ,सुमन बस्नेत,यज्ञ प्रसाद पोखरेल, बाणिज्य सघंका सदस्य टेकप्रसाद केसी , सुन्दर चौधरी लगाएतकाले रक्तदान गरेको रेडक्रस दाङका प्रसासकिय अधिकृत बिश्राम अधिकारिले जानकारी दिए ।