काठमाडौं, २३ वैशाख : मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पर्ने सुझाव दिएको हो ।
बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको बताए ।
लक डाउन कति समय थप हुन्छ भन्ने विषयमा सचिव बिडारीले केही नभनेपनि ‘ जारी लक डाउन लम्बिने बताए । लकडाउन कति दिन लम्व्याउने भन्ने बिषयमा बुधवार बस्ने मन्त्रिपरिषद बैठकले टुंगो लगाउने जनाइएको छ ।