हापुरे, दाङको बबई गाउँपालिकाले लकडाउनलाई अझ कडा पार्ने जनाएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को सङक्रमण छिमेकी जिल्लाहरुमा समेत संक्रमण फैलिएको भन्दै बुधवार देखी लागु हुनेगरी आवतजावत पुर्ण रुपमा बन्द गर्ने जनाएको छ ।
अर्को सुचना वा निर्णय नहुदाँ सम्मको लागि भन्दै सम्पुर्ण सवारी साधन , ( पास भएका तथा नभएका सबै, व्यापार ब्यवसाय, कलकारखाना , तथा सार्बजनिक भिडभाड हुने सम्पुर्ण क्षेत्रहरुमा आवत जावत र हिड्डुल गर्न रोक लगाईएको गाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले बताए । गाउँपालिकाले आफुहरुको आग्रहलाई पालना गरिदिन सबैमा अनुरोध समेत गरेको छ ।