सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु, पाँच घाइते

चट्याङ लाग्दा दाङमा एक घरमा आगलागी
Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २३ गते मङ्गलवार

सल्यान : सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका ३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।  

मंगलबार बिहान घरमा परेको चट्याङले गम्भीर घाइते उनको उपचारका क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। चट्याङ लागेर कुमाख गाउँपालिका ३ का वडासदस्य ३६ वर्षिय अतिराम राना, श्रीमती ३० वर्षिया दीपा राना, ८ वर्षीय छोरा यमराज राना, २६ वर्षीय टेक बहादुर राना र २३ वर्षिय रणसिंह राना छन्। सल्यान अस्पतालमा उनीहरुको उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। 

त्यसैगरी चट्याङ लाग्दा दाङमा एक घरमा आगलागी भएको छ । मंगलवार बिहान परेको चट्याङले घोराही उपमहानगरपालिका वडा नम्बर ११ पलासपुर निवासी ३८ बर्षीय द्रोर्ण घर्तीको घरमा आगलागी भएको हो । आगोले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

विहान साढे ११ बजेतिर चट्याङ पर्दा लागेको आगोले घरमा भएको अन्तपात, लत्ताकपडा सबै जलेर नष्ट भएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले बताए ।

घरमा लागेको आगो स्थानीय र प्रहरी प्रशासनको सक्रियातामा साढे १२ बजेतिर नियन्त्रणमा लिइएको छ । आगलागीबाट चार लाखको क्षति भएको छ ।


प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार