लकडाउनले पारेको असरका बारेमा छ्लफल

Author Logo..
२०७७ बैशाख २३ गते मङ्गलवार


चेतन रेग्मी

तुलसीपुर, २३ बैशाख : लकडाउनले पारेका असरका बारेमा तुलसीपुर उपमहानगरपालिका कार्यबाहक प्रमुख नबराज लामिछानेले टोलबासीहरु संग छ्लफल गरेका छन । कार्यबाहक नगर प्रमुखको जिम्मेवारी लिए पछी निरन्तर छ्लफल गर्दै आएका लामिछानेले मंगलवार तुलसीपुर ६ गाईडर स्थित विभिन्न टोलका अध्यक्ष र प्रतिनिधिहरु संग छलफल गरेका हुन ।

कार्यक्रममा सामाजिक सुरक्षा भत्तालाई सहज बनाई दिन र राहत बितरणमा देखिएका कमजोरीलाई सुधार गर्न टोलबासीहरुले आग्रह गरेका थिए ।लक डाउनको समयमा हरेक टोल,बस्तिमा के अवस्था छ ।

नगरबासीहरुलाई कसरी सुरक्षित महसुस गराउन सकिन्छ भनेर आफु केहि दिन देखि लागि रहेको र टोलका अध्यक्षहरुलाई जम्मा गरेर निरन्तर छलफल चलाइ रहेको लामिछाने बताए । उनले टोलमा रहेका मजदुरहरुलाई सुचिकृत गरी जानकारी गराउन निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार