नेपालगञ्ज,२३ बैशाख : बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले आज मंगलवार बिहान जारी गरेको सुचनामा नेपालगञ्जमा थप सात जना संक्रमित भेटीएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० बर्षका पुरुष र ९, ३२, ३४ र ५५ बर्षका महिलामा कोरोना संक्रमण देखिएको हो ।
यससंगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ, भने नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस