राप्तीमा २२ जनामा कोरोना चेकजाँच, १३ जनाको रिर्पाेट नेगेटिभ आएपछि घर पठाईयो

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २३ गते मङ्गलवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ
: दाङको राप्ती गाउँपालिका स्थीत ऐरावति बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका १३ जनालाई थप केहि दिन होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाईएको छ । हाल सम्म २२ को चेकजाँच गर्दा कोरना संक्रमित नपाईएकोले सबैलाई घर पठाईएको छ ।


विश्वविख्यात समस्या कोरना भाईरसको बढ्दो संक्रमणको रोकथामतथा सजगतका लागि अन्य जिल्ला तथा देशबाट घर आउनेलाई गाउँपालिकाको दुई स्थानमा क्वारेन्टाइन स्थापना गरि बस्ने ब्यवस्था मिलाईएको थियो । काम गर्ने शिलशिलामा संक्रमित भेटिएको जिल्ला तथा म्याग्दी बाट पैदल तथा हुलहालमा समाबेश हुदै आएका गाउँपालिका वडा नं २ का १३ जनाको जिल्ला स्वास्थ्यकार्यालय दाङ र सिसहनिया स्वास्थ्य चौकीको नियमित चेकजाचगर्दा कुनै लक्षण समेत नरहेको र थप आरडिटि किट बाट परिक्षण गर्दा कोरना नतिजा नेगेटिभ आएको हुदाँ घरमै केहिदिनहोम क्वारेन्टाईममा बस्ने गरि बिदा गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।


मजदुरी गरि हिड्दै र विभिन्न सवारी साधनमा पाठ सार हुदै घर फर्किएका ११ जनामध्य ६ जनालाई स्वास्थ्य चेकजाँच गर्दा ज्वरो देखापरे पछि गाउँपालिकाले ११ जनालाई दुई हप्ता पहिले क्वारेन्टाईनमा भर्ना गरेको थियो ।

हाल सम्म गाउँपालिकाको क्वारेन्टाईनमा १५ जनालाई राखीएकोमा हाल सबैको नतिजा नेगेटिभ आएको हुदाँ घर गैसकेका छन् भने थप ७ जनाको बेलझुल्डीमा थ्रोट स्वाव चेकजाँच गरिएको थियो । हाल सम्म गाउँपालिकामा २ महिला र २० पुरुषमा कोरना संक्रमणको अवस्था रहे नरहेको चेकजाँच गरिसकिएको छ । जसमा सबैमा नरहेको स्वास्थ्य संस्थाले प्रमाणीत गरेका छन्

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार