तुलसीपुरको पश्चिम नाकामा हेल्थ डेष्क र गाडीहरुमा निगरानी

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २२ गते सोमवार

तुलसीपुर, २२ बैशाख: तुलसीपुर उपमहानगरपालिकाको २ र दंगिशरण गाउँपालिकाको सिमाना पर्ने वालापुरमा २४ सै घण्टा हेल्थ डेष्क स्थापना गरिएको छ। वडा नं २ का वडाध्यक्ष राजु आचार्यको पहलमा हेल्थ डेष्क स्थापना गरिएको तुलसीपुर उपमहानगरका जनस्वास्थ्य निरिक्षक एवं कोभिड १९ का फोकल पर्सन बिमल केसीले जानकारी दिए । स्वास्थ्यकर्मीलाई २४ सै घण्टा पालो अनुसार ड्युटी मिलाएर हेल्थ डेस्कको स्थापना गरिएको उनले बताए । पश्चिम क्षेत्रवाट एम्वुलेन्स लगाएत अन्यसाधनहरु गुड्न थालेपछि स्वास्थ्य जाँच तथा सुरक्षा जाँचमा कडाई गरिएको केसीले बताए । त्यसैगरी एम्वुलेन्समा सुरक्षा सामग्री अनिवार्य गरिएको भन्दै चेकजाचँका क्रममा कतिपयले प्रयोग नगरेको पाइएकाले चालकहरुलाई सम्झाई बुझाइ गरी सुरक्षा सामग्री प्रयोग गर्ने लगाएर गाडी चलाउन दिएको समेत फोकल पर्सन केसीले बताए ।
साथै कतिपय व्यक्तिहरु नेपालगन्जबाट पनि हिडदै त्यही बाटो भएर आउन थालेपछि र नेपालगन्जमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको हो। तुलसीपुरको पश्चिमक्षेत्रको २ ठाउँमा भमके र वालापुरमा चेक प्वाईन्ट राखिएको समेत उनले बताए । उक्त क्षेत्रमा पवननगर स्वास्थ्यचौकी ,तकियापुर नगरस्वास्थ्य केन्द्र र भिमसेन शहरी स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मी तथा रेडक्रस कर्मी,प्रहरी परिचालन गरिएको छ।सोमबार मात्रै अहिले सम्म गाडी ६७ वटा गाडीहरु ओहोरदोहोर गरेको र ४७५ जना को ज्वरो मापन गरिएको थियो, भने भमकेमा २३ वटा गाडि र ५७ जनालाई जाँच गरी पठाएको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार