तुलसीपुरमा सामाजिक सुरक्षा भत्ता लिन आउँदा जेष्ठनागरिकलाई सास्ती र जोखिम

फोटो फिचर तथा भिडियोमा हेर्नुहोस
Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २१ गते आइतवार

तुलसीपुर, सिमा जोडीएको बाँके र प्रदेश ५ को रुपन्देहीमा दुईजना संक्रमित भेटिएपछि दामा उच्च सर्तकता अपनाएको छ । उच्च जोखिम भएको भन्दै शनिबारदेखि दाङको तुलसीपुर र घोराही आउने नाकामा कडाई गरिएको छ ।

नेपालगञ्ज र बुटवल आउने र जाने एम्बुलेन्समा समेत चेकँजाँच गरिन शुरु गरिएको छ । एम्बुलेन्स चालकले पीपीई प्रयोग गर्नुपर्ने र एम्बुलेन्समा बिरामीका साथमा एक जना जान पाउने ब्यबस्था गरिएको छ ।

तर तुलसीपुर बजारका बैंकहरुमा भने भीडभाड रोकिएको छैन । सामाजिक सुरक्षा भत्ता बुझ्ने बृद्धबृद्धाहरुको घुईचो अत्याधिक हुने गरेको छ ।

प्रत्येक बैकले हप्तामा २ दिन सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएपनि ती बैकमा बिहान ५ बजेदेखि बृद्धबृद्धाहरु आईपुग्ने गरेका छन् ।
तुलसीपुर ४ बनहरीका ७७ बर्षीय ज्ञान प्रसाद शर्मा भत्ता लिनको लागी २ पटक करिब २ घण्टा हिडेर आईतबार तुलसीपुर बजार आईपुग्ने भएको छ ।
गत बिहीबार रकम बुझ्न बैकमा आउनुभएका शर्माले लाईनमा बसेर पनि रकम प्राप्त गर्न नसकेपछि आईतबार फेरी आए । उनी आईतबार विहान ८ बजेदेखि लाईनमा बसेको बताए ।

भत्ता लिनको लागी बैंकमा आएका जेष्ठ नागरिकहरु कति विहान खाना नखाई बैंकमा आईपुगेका थिए । भने कति आफ्नो पालो पर्खदै घरको बराण्डामा सुतिरेहका थिए ।
करिब ७ महिनापछि तुलसीपुर उपमहानगरपालिकाले उनीहरुका खातामा पैसा जम्मा गरिदिए पछि उनीहरु पैसा निकाल्न यसरी आउने गरेका छन् ।
तुलसीपुर १ का लिला आले ९२ बर्षीय आमा विहान ९ बजे तुलसीपुरमा रहेको एभरेष्ट बैकमा आईपुगे । तर बैंकमा आउदाँ सयौँ जेष्ठ नागरिकहरु आईसकेका थिए ।
संयौँको लाईनमा उनी पनि बसेका थिए । कोरोना संक्रमण जेष्ठ नागरिकहरुलाई बढि हुने भएता पनि बैंकमा बस्ने ब्यवस्था नभएकाले सबै जना एक ठाउँमा बस्नु परेको उनले बताए ।

त्यसैगरी उनले लडकाउनको समयमा सामाजिक सुरक्षा भत्ता स्थानिय सरकारले दिएकोमा खुशी भएको भन्दै अहिले वडाबाटै दिने ब्यवस्था गरदिएको भए यस्तो दुख नपाउँने गुनासो गरे । सामाजिक भत्ता लिनको लागी कोही गाडि नै रिर्जब गरेका छन्, कोही विहानै हिड्दै आएका छन् ।
तुलसीपुर १३ ढकनाका इन्द्रमणी रजौरेले विहान ५ बजे नातिसंग बैंकमा आईपुग्दा कोही पनि नभएका र १० बजेपछि अत्याधिक भडिभाड हुदाँ कोरोनाको जोमिख बढेको उनले बताए ।

लकडाउनको पालना पनि हुन नसको ले यो भन्दा वडाबाटै जेष्ठ नागरिक र अपाङता भएकाहरुलाई बितरण गर्नुपर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार