तुलसीपुर उद्योग बाणिज्य सघंद्धारा अपागं सदस्यलाई २५ हजार नगद सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २१ गते आइतवार


शरद रेग्मी
तुलसीपुर,
२१ बैशाख : तुलसीपुर उद्योग बाणिज्य सघंले आफ्नो अपागं सदस्यलाई राहत प्रदान गरेको छ । तुलसीपुर उपमहानगरपालिका १९ मा घर भई घोराही रोडमा समिर
फेन्सी पसल संचालक गिता बुढालाई उनको घरमै पुगेर नगद २५ हजार सहयोग गरेको हो ।

क्यान्सर भएपछि बुढाको दाया खुट्टा काटिएको हुदा हाल बुढा घरमै बस्न बाध्य भएकी छन् । बुढा दम्पत्तिको आजै परेको बैबाहिक बर्षगाठको अबसर पारेर उद्योग बाणिज्य सघंका अध्यक्ष बिरु रावतको नेतृत्वमा केक सहितको टोलि घर आएको देख्दा बुढा दम्पत्ति परिवारमा खुसिको अनुभुति देखिएको थियो । बुढा दम्पत्ति बाणिज्य सघंको दुबै जना सदस्य हुन् ।


‘हामीले यस्तो बेला सानो सहयोग गर्न पाउँदा अभिभाबकत्व बहन गरेको जस्तो अनुभब भएको छ,’ अध्यक्ष रावतले भने । बिबिध कारणले हामीहरु घर सम्म आउन केही ढिलाभयो तर संस्थागत र ब्यक्तिगत रुपमा थप सहयोग गर्न पनि आफुहरु तयार रहेको उनले बताए ।


कलडाउनका कारण बुढा परिवार जस्तै धेरै सर्बसाधारणलाई सास्ता ब्यहोर्नु परेको भन्दै अध्यक्ष रावतले आफ्ना सदस्यहरुलाई साँझ बिहानको छाक टार्न समस्या भएको भए बाणिज्य सघंको सचिवालयमा सम्पर्क गर्नुहुन समेत
अनुरोध गरेका छन् । सो अबसरमा र्पूबध्यक्ष बिमल रिजाल सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार