अर्घाखाँचीमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु, ३ गम्भीर

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २१ गते आइतवार

अर्घाखाँची : जंगली च्याउ खाएर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ। अन्य एकै घरका ३ जना सिकिस्त बिरामी छन्। घर नजिकै जंगलबाट ल्याएको च्याउ खाँदा अर्घाखाँची भूमिकास्थान ६ खिल्ली निवासी ३२ वर्षीय रामकला महत्राको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो।

च्याउ खाएर बिरामी हुनेमा मृतकको ७ वर्षीय छोरी बिपा महत्रा, सासूआमा ६० वर्षीय लालसरी महत्रा र २७ वर्षीय देउरानी लक्ष्मी महत्रा  मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बैशाख १७ गते दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि स्वास्थ्यमा सामान्य समस्या आएपछि बैशाख १८ गते स्थानिय मेडिकलमा उपचार गरेका थिए।  पु:न १९ गते राति च्याउ खाए जतिको स्वास्थ्यमा लगातार पखाला लाग्ने र बान्ता आएपछि उनीहरुलाई शनिबार बिहान सन्धिखर्क अस्पतालमा ल्याईएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले थप उपचारका लागि बुटवल रिफर गरेको थियो। मृतक रामकलाका ससुरा डोमबहादुरले च्याउ नखाएको पाइएको छ। जंगलको च्याउ नखानभन्दा परिवारले नमानी खाएपछि बिरामी परेको ससुरा डोमबहादुरले  बताए।

मृतक महत्राको शवलाई जिल्ला अस्पताल ल्याइएको थियो। शव जिल्ला अस्पताल सन्धिखर्कमा पोष्टमाट्म पछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार