कोराना संक्रमणमा विशेष शतर्कता, सवारी पास रोकियो

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २१ गते आइतवार

दाङ, २० बैशाख : रुपन्देही र बाँकेमा कोरोना संक्रमित देखिएपछि दाङले विशेष शतर्कता अपनाएको छ । राजमार्ग भएर आउने व्यक्ति र सवारी साधनलाई कडाई गर्ने र सवारी पास रोक्ने रणनीति अख्तियार गरेर दाङको प्रशासनले कोरोना संक्रमणलाई जिल्ला प्रवेश गर्न नदिने प्रयासमा आफूलाई सक्रिय तुल्याएको छ ।

‘यो प्रयासमा सबै नागरिकको साथ चाहिन्छ’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने– ‘सबै स्थानको डाटा लिएर अपडेट हुने काममा हामी लागि नै रहेका छौँ ।’ शनिवार पनि कार्यालयमै बसेर मानिसहरु आउजाउको अवस्थाको तथ्याङ्क विश्लेषण गरिरहेको र कहीँ कतै शंका मात्र लागेमा पनि तत्काल ‘एक्सनमा’ उत्रने अवस्थामा आफूहरु रहेको उनले जानकारी दिए ।

‘बाहिर जिल्लाबाट यता आउँदै गरेका केही भारतीय नागरिकलाई भैरहवातर्फ पठाइदिएका छौँ’ रिजालले जानकारी दिए ।
उनले सवारी पास पनि करिब करिब रोकेको जानकारी दिए ।

‘कोही मरिहालेको अवस्थाजस्ता अत्यावश्यक अवस्थामा वाहेक पास नदिने निर्णय लिएका छौँ’–उनले भने– ‘यसमा सबैले साथ दिनुपर्छ ।’
उता प्रदेश ५ का रुपन्देही र बाँकेमा कोरोना संक्रमित व्यक्ति भेटिएपछि ती दुवै जिल्लाका संक्रमित भेटिएका गाउँहरुलाई सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार