ओली र प्रचण्डले भने, अब सच्चिएर अघि बढ्छौं

वामदेव गौतमलाई नेकपाले प्रतिनिधिसभामा लैजाने
Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २० गते शनिवार

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको चर्को विवादलाई लिएर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मआलोचना गरेका छन्।

शनिबार साँझ साढे ५ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारले गरेका कमी कमजोरी तथा पार्टीलाई बाइपास गरी भएका निर्णयलाई लिएर प्रधानमन्त्री ओलीले आत्मआलोचना गरेका हुन्। 

ओलीले सरकार सञ्‍चालनका क्रममा भएका कयौँ कम्जोरीलाई लिएर बैठकमा आत्मआलोचना गरेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। ‘सरकार सञ्‍चालनका क्रममा भएका कमी कम्जोरीका कारण पार्टीलाई पनि असर परेको मैले बुझेको छु’, ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने, ‘सरकारका कामकारवाहीबारेमा आत्मआलोचित हुन तयार छु।

सरकार सञ्‍चालनका क्रममा पार्टीसँग हुन नसकेको समन्वयलाई अब जीवन राखेर अघि बढ्नेछु।’ त्यस्तै बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पनि आत्मआलोचना गरेका छन्। उनले सरकारलाई पार्टीबाट सक्दो साथ हुन नसकेको अवस्थालाई लिएर आत्मआलोचना गरेको श्रेष्ठले बताए।

‘अध्यक्ष प्रचण्डले पनि आत्मआलोचना गर्नुभएको छ’, उनले भने, ‘पार्टीका गतिबिधि जीवन्त र प्रभावकारी हुन नसकेको तथा सरकारसँगको सहकार्यलाई सशक्त बनाउन नसकेकोमा अबदेखि त्यसलाई सुधारेर अघि बढ्ने बताउनुभएको छ।’
त्यसैगरी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अब प्रतिनिधिसभामा जाने भएका छन्। शनिबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरुसँग बोल्दै यसबारेमा जानकारी दिएका हुन्। कमरेड वामदेव गौतमलाई अब उपयुक्त समयमा प्रतिनिधि सभामा लैजाने निर्णय भएको छु, श्रेष्ठले भने, ुउहाँलाई कहिले कसरी प्रतिनिधिसभामा लैजानेबारे पछि छलफल हुन्छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार