दाङमा पिसीआर विधी र आरटिडी विधीबाट २१७ जनाको कोरोना परिक्षण, सबैको रिर्पाेट नेगेटिभ

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २० गते शनिवार


दाङ, दाङमा कोरोना भाइरसको आशंकामा अहिले सम्म आइसोलेसनमा भर्ना भएका ९५ जनाको रिर्पाट नेगेटिभ आएको छ । दाङको बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पताल भर्ना भएका ७२ जनाको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ जनाको स्वाब परिक्षण गर्दा रिर्पाेट नेगेटिभ आएका स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले बताए । त्यसैगरी शनिवार सम्मको १ सय २२ जनाको आरडिटी विधिबाट परिक्षण गर्दा सबैको रिर्पाेट नेगटिभ आएको उनले बताए । दाङमा कोरोना विशेष अस्पताल र क्वारेन्टाईनमा बसेकाहरुको स्वाव संकलन गरी परिक्षण गरिएको थियो । दाङमा दुई स्थानमा आईसोलेशन संचालनमा रहेका छन् । तुलसीपुरको बेलझुण्डी स्थित कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसोलेशनको व्यवस्थापन गरिएको हो । शनिवार जिल्लाका आइसोलेसनमा एक जना पनि भर्ना भएका छैन् । बेलझुण्डीमा रहेको अस्पतालमा भर्ना भएका ७ जनाको रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई शनिवार डिस्चार्ज गरिएको फोकन पर्सन चन्दले बताए । उनीहरुको विहिवार स्वाव संकलन गरी परिक्षणका लागी नेपालगंज पठाईएको थियो । उनीहरुको रिर्पोट शनिवार आएको हो । कोरोना बिशेष अस्पतालले कोरोना परिक्षणको लागी स्वाब यसअघी काठमाडौँ, भैरहवा पठाउने गरेको भएता पनि अहिले नेपालंगज पठाउँदै आएको छ । घोराहीमा रहेको प्रतिष्ठानमा पिसीआर विधीबाट परिक्षण शुरु भएता पनि रिर्पाेट ढिला आउने भएकाले कोरोना बिशेष अस्पतालले स्वाब परिक्षण गर्न नेपालगंज पठाउने गरेको फोकल पर्सन चन्दले बताए । यस्तै शनिवार जिल्लाभर हाल क्वारेन्टाईनमा बस्नेको संख्या १ सय २३ रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार