तुलसीपुर : तुलसीपुर ९ बेलुवामा रहेको सप्तरंगी बाडिङ स्कुल (सक्सेस) ले लकडाउनको बेला घरमा बसेका विद्यार्थीहरु विच अनलाईनबाट विभिन्न प्रतियोगिता गराएको छ । लकडाउन गर्दा विद्यालय बन्द भएता पनि उनीहरुलाई फरक ज्ञान दिनको लागी एक हप्ता अनलाईन प्रतियोगिता गरेको विद्यालयका प्रिन्सीपल छवि कुमार वलीले बताए ।
निबन्ध, चित्राकला, कविता बिषयमा प्रतियोतिा भएको र प्रतियोगितामा प्राथामिक, आधारभुत र माध्यामिक कक्षामा अध्ययन गर्ने एक सय जना विद्यार्थीहरु सहभागी भएका विद्यालयले जनाएको छ । निबन्ध प्रतियोगितामा कोडिभ १९ को विषयमा भएको वलीले बताए ।
साथै उक्त प्रतियोगिताको नतिजा शनिवार आएकोमा माध्यामिक तर्फबाट निबन्ध प्रतियोतिमा सहभागी भएका मध्य प्रथम मनोज लामिछाने, द्धितिय लक्ष्मण केसी र तृतिय निरुता ओली भएका छन्, त्यसैगरी चित्रकलातर्फ मनोज लामिछाने प्रथम भएको प्रिन्सीपल वलीले बताए ।
त्यसैगरी आधारभुत तर्फबाट कविता प्रतियोगितामा प्रथम सलिना रेग्मी, द्धितिय थमन डाँगी र निबन्ध प्रतियोगितामा प्रथम दिपेश गिरी, द्धितिय अबिप्ती राना भएको विद्यालयले जनाएको छ ।
त्यसैगरी प्राथामिकतर्फ चित्रकला प्रतियोगितामा प्रमथ मिलन लामिछाने, द्धितिय डिर्सन बागचन र तृतिय मनोज मल्ल भएका छन् । त्यसैगरी उनीहरुलाई प्रमाणपत्र, मेडल विद्यालय संचालन भएपछि प्रदान गरिने प्रअ वलीले बताए ।