नेपालमा शुक्रवार सम्म ६० हजार कोरोना परीक्षण

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २० गते शनिवार

काठमाडौं,१९ बैशाख : मुलुकभर हालसम्म कोरोना परीक्षणको संख्या ६० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार अपराह्‍न सम्म पीसीआर विधिमार्फत १२ हजार ५ सय ७७ र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत ४७ हजार ७ सय ९७ गरी कुल ६० हजार ३ सय ७४ वटा परीक्षण भएको छ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता विकास देवकोटाले गत २४ घण्टामा मात्र १ हजार ४ सय ६१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएका छन्। उनले देशभरका सातै प्रदेशमा आरडिटी परीक्षण जारी रहेको र त्यसको प्रादेशिक विवरण मन्त्रालयलाई प्राप्त भइसकेको पनि बताए।

उनका अनुसार प्रदेश नम्बर १ मा ५ हजार ८९, प्रदेश नम्बर २ मा ५ हजार ६ सय १७, बागमती प्रदेशमा ८ हजार ४ सय ९४, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ४ हजार ३५, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ५ सय ८४ वटा परीक्षण गरिएको छ। शुक्रबार ९४ जना सम्‍भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन्। तीमध्ये काठमाडौं उपत्यकामा ५ जना र काठमाडौंबाहिर ८९ जना रहेका छन्।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्‍नेहरूको संख्या देशभर २४ हजार ९ सय ७ जना पुगेको छ। तीमध्ये प्रदेश १ मा २ हजार ८ सय ७७ जना, प्रदेश , २ मा १ हजार ३ सय ३२ जना, बागमती प्रदेशमा ५ सय ३८ जना, गण्डकी प्रदेशमा ७ सय ८ जना, प्रदेश , ५ मा १२ हजार १ सय ६३ जना, कर्णाली प्रदेशमा ३ हजार ७ सय २४ जना र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार