ट्राफिक प्रहरी एक्लैले गरे गाउपालिकालाई सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १९ गते शुक्रवार


शरद रेग्मी

दाङ, १९ वैशाख : दाङमा कार्यरत ट्राफिक प्रहरी जवानले कपुरकोट गाँउपालिकालाई खाद्यान्न सहयोग गरेका छन् । जिल्ला ट्राफिक कार्यालय दाङमा कार्यरत ट्राफिक प्रहरी जवान जनक खड्काले सल्यानको कपुरकोट गाँउपालिकालाई चामल १० बोरा, दाल २ बोरा, तेल २० लिटर, पानी २ कार्टुन, मास्क १ सय ३० पिस, पन्जा १ सय ५० जोड, डिस्पोजेवल क्याप १०० पिस सहयोग गरेका हुन् ।


खड्काले गाँउपालिकामै पुगेर सो सामाग्री प्रदान गरेका हुन् । खाद्य सामाग्री खड्काले कार्यालय सम्म आएर खाद्यान्न सामग्री गाँउपालिकाका अध्यक्ष भिमबहादुर सेन र प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीलाई प्रदान गरेका हुन् । सहयोग गर्ने खड्कालाई गाँउपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागी भएको लकडाउनको पालना गराउनकालागी सुरक्षाकर्मीहरू २४ घण्टा सडकमा खटिएको समयमा व्यक्तीगत रूपमा ट्राफिक प्रहरीले गरेको यो सहयोगको कपुरकोट गाँउपालिकाका अध्यक्ष सेनले प्रशंसा व्यक्त गरेका थिए ।


“लकडाउनको समयमा निम्न वर्गका व्यक्तीहरूलाई सहयोग होस् भनेर गाँउपालिकालाई सक्दो सहयोग गरेको हुँ” खड्काले भने(“सबैको सहयोग र समन्वयबाट नै अहिलेको संकटको सामना गर्न सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार