तुलसीपुर, लकडाउनको उलंघन गरेको भन्दै तुलसीपुर बजारबाट १४ जना व्यापारी प्रहरीले पक्राउ गरेको छ । अत्यावश्यक पसल भन्दा अन्य पसल खोलेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता एवं इन्स्पेक्टर चक्र बहादुर डमरपाले बताए ।
पक्राउ पर्नेमा भाँडा पसल, श्रृङगार पसल, फेन्सी स्टोरका जुत्ता, चप्पल पसल , हार्डवयर पसल, हेयर कटिङ संचालक रहेको पक्राउ गरेको जनाएको छ । उनीहरुलाई शुक्रवार बिहान पक्राउ गरिएको हो । उनीहरुलाई लकडाउन उल्लघंन नगर्ने सर्तमा छाडिने प्रबक्ता डमरपालले बताए ।
त्यसैगरी विहीबार ७ जना व्यापारी लकडाउन उलंघन गरेर पसल खोलेको आरोपमा पक्राउ थियो, उनीहरुलाई पनि अब लकडाउन उल्लघंन नगर्ने सर्तमा छोडिएको थियो ।
तुलसीपुरमा विहान ६ बजेदेखि ९ बजेसम्म तरकारी, माछा,मासु र खाद्यन्न लगाएतका अत्यावश्यक पसलहरुलाई मात्र खोल्न अनुमति दिइएको छ ।