दाङ, झण्डै १ महिन सम्म लकडाउनका कारण रोकिएका विकास निर्माणका काम दाङमा अब भने शुरु भएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लागु गरेको लकडाउनका कारण दाङमा एक महिनादेखि विकास निर्माणका काम रोकिएका थिए ।
तर जिल्ला प्रशासन कार्यालयमा हालै बसेको सर्वपक्षीय बैठकले राष्ट्रिय गौरब आयोजना र अन्य विकासे योजनाहरुको निर्माण कार्य शुरु गर्ने सहमति जुटेको हो । सडक, सिँचाई लगाएतका अत्यावश्यक विकास निर्माणका कामहरू सुरु गर्ने सर्वदलीय निर्णयानुसार जिल्लामा विकास निर्माणको काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारीले गोबिन्द रिजालले जानकारी दिए ।
मदन भण्डारी लोकमार्ग, घोराही – तुलसीपुर सडक खण्डको विस्तार, देउखुरीको लमही – कोइलावास सडक खण्ड र जिल्लाका अन्य विकास निर्माणको कामलाई अघि बढाइने अनुसार निर्माण कार्य शुरु गरिएको छ । तर कोरोनाबाट बँच्न र बचाँउन अपनाउनु पर्ने स्वास्थ्य सुरक्षालाई बिशेष ध्यान भने दिनुपर्ने पुर्वाधार बिकास कार्यालय दाङका प्रमुख बासुदेब भण्डारीले बताए । कोरोनाको त्रासका कारण रोकिएका विकास निर्माणका आयोजनाहरू सुरु गर्न निर्माण कम्पनीहरूलाई खबर गरेको समेत उनले जानकारी दिए ।
त्यसैगरी तुलसीपुर – अमिलिया सडक खण्ड,देउखुरीमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमहीदेखि शिवखोला सम्म सडकको मर्मत, दंगीशरणको बैबाङ र घोराहीको सेवार खोलामा पक्की पुल निर्माणको काम सुरु भैसकेको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख निरज शाक्यले बताए । साथै बाँकी अन्य विकास निर्माणका आयोजनाहरूको जिल्ला प्रशासन कार्यालयबाट अनुमतिका लागि प्रक्रियामा रहेको समेत उनले बताए ।
यता निर्माण ब्यवसायीहरुले भने कामलाई अगाडी बढाउन मजदुरहरु नभएको बताएका छन् । घोराही – तुलसीपुर फोरलेन सडक निर्माणको ठेक्का लिएका निर्माण ब्यवसायी जनक डाँगीले मजुदरहरु नहुदाँ काम अगाडी बढाउन नसकेको बताए । ‘ हामीसंग ७ सय भन्दा बढि जिल्ला बाहिरका मजदुरहरुले काम गर्नु गर्दै आएका थिए,’ उनले भने,’ तर लकडाउनको कारण सबैलाई घर पठाईसकेकालाई मजदुर छैन् ।’ सडक निर्माणको सम्झौता २०१९ भएर २८ कि.मी सडक निर्माणको २०२१ जुलाई सम्म सक्ने सम्झौता भएता पनि शुरुमा विभिन्न कारणले ७/८ महिना पछि निर्मा शुरु गरेको र अहिले लकडाउनले गर्दा निर्माण नहुदाँ तोकिएकै समयमा निर्माण हुन नसक्ने समेत उनले बताए ।
‘ त्यसैगरी तुलसीपुर उपमहानगरपालिले पनि सामाजिक दुरीको कायम गर्दै उपमहानरपालिका भित्र हुने विकास निर्माणको काम शुरु गरेको नगर प्रवक्ता सुर्य बहादुर डाँगीले बताए । ‘ हामीले नगर बजेटबाट हुन लागेका विकास निर्माणको लागी अगाडी बढाउन सबै वडालाई जानकारी दिईसकेका छौँ,’ उनले भने,‘ ति विकास निर्माण गर्नको लागी सामाजिक दुरी कायम गरी स्थानिय मजदुरहरुलाई परिचालन गर्ने छौँ ।’
दाङमा पूर्वाधार कार्यालय अन्तर्गत ७० बढी आयोजना निर्माणका क्रममा अलपत्र छन । चालु आर्थिक वर्ष सकिन झन्डै केही महिना मात्र बाँकी छ । तर, जिल्लामा अधिकांश विकास निर्माणका योजना अलपत्र छन । स्थानीय तहले सञ्चालन गर्ने अधिकांश विकासे काम पनि पूरा हुन अझै सकेका छैन् ।