• २०७७ फाल्गुन १८ गते मङ्गलवार

दाङमा आइतवार सम्म ४८ सय ६८ जना क्वारेन्टाइनमा

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १८ गते आइतवार

दाङ : दाङका १० स्थानियतहमा निर्माण गरिएको क्वारेन्टाइनमा आइतवार सम्म ४८ सय ६८ जनालाई राखिएको छ । जिल्लामा अहिले सम्म १४१ वटा क्वारेन्टाईनहरु संख्या रहेकोमा ६ हजार ६२४ बेड रहेको जनस्वास्थय कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए ।

तुलसीपुरमा ५३८ जना, राजपुर गाउँपालिकामा १७९, राप्ती गाउँपालिकामा ५५५, शान्तिनगरमा १९३, घोराहीमा १५ सय ७५ बंगलाचुलीमा १ हजार ११५, गढवामा ३८७, बबईमा १४०, लमहीमा १९७, दंगीशरणमा ६० जना क्वारेन्टाइनमा रहेको फोकल पर्सन चन्दले बताए ।

त्यसैगरी आइतवार सम्म जिल्लामा कोरोना परिक्षण गर्नको लागी २२ सय १६ जनाको स्वाब संकलन गरिएको र त्यस मध्य ९ सय ८६ जनाको पिसीआर विधीबाट परिक्षण गर्दा ३४ जनाको कोरोना पुष्टि भएको र ९ सय ५२ जनालाई नेगेटिभ देखिएको समेत उनले बताए ।

त्यसैगरी १२ सय ३० जनाको स्वाब परिक्षणको क्रममा रहेको उनको भनाई छ । त्यसैगरी जिल्लामा आरडिटीबाट आइतवार सम्म ७०१ जनाको कोरोना चेकजाँच गर्दा ३ जनामा पोजेटिभ देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार