• २०७७ फाल्गुन २१ गते शुक्रवार

दाङमा थप ९ जनामा कोरोना पुष्टि, तुलसीपुरमा मात्रै ५ जना

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १८ गते आइतवार


दाङ : दाङमा थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर विधीबाट गरिएको परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकामा २ जना, राप्ती गाउँपालिकामा १ जना र लमही नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का २० बर्षीय पुरुष, वडा नं. १५ का ३२ बर्षीय पुरुष, र वडा नं. १६ का १८,२०,२३ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी गढवा ६ का ३६ बर्षीय पुरुष र वडा नं. ७ का २४ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए ।

त्यसैगरी लमही १ का ४० बर्षीय पुरुष र राप्ती ८ का ३६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ, भने एक जना निको भएर घर पर्किएका छन् । दाङमा देखिएका सबै भारतबाट भरखरै मात्र आएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार